रोङ २२ मसिरः रोङ गाउपालिमा भेटिएका कडा क्षयरोगिलाई बिशेष उपचार सहित पौस्टिक आहार बितरण गरिएको छ ।
क्षयरोगको पहिचान गरेर नियमित रुपमा औषधि सेवन गरे सजिलै निको हुन सक्छ तर समयमा नियमित रुपमा मापदण्डअनुसार औषधि सेवन यो रोग खतरनाक बन्छ जसलनई डि आर (ड्रक्स रेसिस्टेन) भनिन्छ जसमा रोगिवाट सक्रमणको सभावना अति तिब्र र रोगिको अवस्था पनि खतरनाक हुन सक्छ यस्तो बेलामा रोगिलाई औषधि धेरै सगै पोसिलो खानेकुराको आवश्यक्ता बढि हुन्छ ।
क्षयरोगिहरुको नियमित गरेर औषधि उपचारमा नियमित लागेको रोङ गाउपालिका डि आर रोगी दुईजना भेटिएपछि रोङ गाउपालिका स्वास्थ्य शाखाले सेभ द चिल्ड्रेन ग्लोवल फन्टको सहयोग र साझेदारी र वागमति सेवा समाजको आयोजनामा रोङ गाउपालिका वडा न ६मा करिव चालिसहजार बराबरको पौष्टिक आहार बितरण गरिएको जनस्वास्वास्थ्य अधिकृत समेत रहेका रोङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए ।
रोङ गाउपालिकाको उपाध्यक्ष बिष्णुमाया खवासले गाउपालिकाले तत्काल आवश्य सेवा दिनुपर्ने यस्ता समस्याहरुले गाउपालिका जतिसकै बेला चनाखो र तयार रहेको बताउनु भयो । कार्यक्रममा वागमती सेवा समाजको जिल्ला सयोजक कमल कालाखेतीले क्षयरोगीहरुको पहिचान गरि तत्काल उपचारको दायरामा ल्याउन जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए भने स्वास्थ्य शाखा प्रमुख काफ्लेले क्षयरोग ,यसको अवस्था र बच्ने उपयाको बारेमा बताएका थिए ।रोङ गाउपालिकाका उपाध्यक्ष बिष्णुमाया खवासको अध्यक्षतामा भएको सो सहयोग बितरण कार्यक्रममा रोङ ६ का जनप्रतिनिधिहरु,स्वास्थ्यकर्मी ,स्वास्थ्य स्वय सेबिकाहरुको उपस्थिति रहेको थियो ।
0 comments:
Post a Comment