इलाम, १३ पुषः फिदिमबाट झापा जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मेची राजमार्ग अन्तरगर्त साँखेजुङको नर्सरी गोलाईमा प्र ०१–०१–००१ ज ३५०६ नम्बरको बोलेरो जीप यात्रु ओराल्ने क्रममा दुर्घटना भएको हो ।
नौ जना यात्रु सवार रहेको जीपमा सवार ३ जना यात्रु सामान्य घाइते भएको र उनीहरुलाई उपचारको लागि इलाम अस्पताल पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।
0 comments:
Post a Comment