अग्रता जोगाउन नसक्दा इलामले धनगढी एफसीसँग अंक बाँड्याे

 २०८० मंसिर २३ गते 


२३ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा अग्रता जोगाउन नसक्दा स्पोर्टिङ इलामले धनगढी एफसीसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।
पहिलो हाफमा २–० को अग्रता बनाएको इलामले दोस्रो हाफमा दुई गोल खाएको हो । धनगढीले २ गोलले पछि परिसकेको अवस्थामा खेलमा फर्किँदै हार टारेको छ ।
खेलको ४५ औं मिनेटमा इलामका फोडे कमाराले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा थपिएको इन्जुरी समयमा ओमार मासादाफी रहिमले गोल गरेपछि इलाम बलियो अवस्थामा पुगिसकेको थियो ।
तर ६९ औं मिनेटमा इलामका खेलाडी इब्राहिमले धनगढीका फोडे फोफानालाई पेनाल्टी एरियामा फल गरेपछि धनगढीले पेनाल्टी पायो । जसलाई रिचर्ड ओसेईले सहजै गोल गरे ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment