न्यूयोर्क । अमेरिकामा आदिवासी किरातीहरुको महान चाड चासोक तङ्नाम विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । २३ डिसेम्बरमा न्युयोर्क शहरस्थित शेर्पा किदुकको हलमा भब्यताका साथ चासोक मनाइएको हो ।
कार्यक्रममा चासोक तङनाम औपचारिक कार्यक्रम (शुभकामना आदान प्रदान) र डिजे गरि दुई खण्डमा सम्पन्न भएको थियो । कार्यक्रमको पहिलो औपचारिक कार्यक्रम कियाचु अमेरिकाका सचिव घनेन्द्र मावो र दोश्रो कार्यक्रम संस्थाका पूर्व सचिव राम सोदेम्बाले संचालन गरेका थिए ।
कियाचु अमेरिकाका वरिष्ठ उपाध्यक्ष सरोज थाङ्देन् अध्यक्षतामा संचालित कार्यक्रममा अधिवक्ता तथा किरात याक्थुङ् चुम्लुङ् अमेरिकाका कानुनी सल्लाहकार दुर्गा सुब्बा मेन्यङ्बोको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कियाचु अमेरिकाका संस्थापक अध्यक्ष श्याम मेन्याङ्बो विशिष्ट अतिथिको रुपमा रहेका थिए । साथै कार्यक्रममा कियाचु अमेरिकाका तुम्यहाङहरु मदन सम्बहाम्फे, केशर माङ्देन, प्रेम मेन्यङ्बो (तुम्भक्सा), पुस्पलता थाम्सुहाङ्, बिमला पोमु र शिभ लाबुङ अतिथिको रुपमा रहेका थिए ।
याक्थुङ लिम्बुका सन्तानका रुपमा जन्म लिई आ-आफ्नो विशिष्ट कर्म, त्याग, त्याग, तपस्या, बलिदान र योगदानले नेपालको राष्ट्रिय विभुतिको रुपमा रहनु भएका विभुतिहरुको तस्विरमा माल्यार्पण र चासोक् पूजा गरी शुरु भएको कार्यक्रममा नेपाल तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय गानको प्रस्तुति पश्चात संस्थाका उपाध्यक्ष बिवश माङ्मुले कार्यक्रममा स्वागत मन्तब्य राखेका थिए ।
कार्यक्रममा कियाचु अमेरिकाका सदस्य सजना एभेङको सम्योजकत्वमा बालबालिकाहरुलाई सहभागी गरएर पहिलोपल्ट याक्थुङ् बिभुतीहरुको बारेमा ज्ञान हुने हेतुले चित्रकला अभ्यास गराइएको थियो ।
साथै संस्थालाई सहयोग गर्ने पुस्पलता थाम्सुहाङ्, सरस्वती कन्दङ्वा, सजना एभेङ्, ममता सुब्बा लाबुङ्, पूर्ण खिम्दिङ् र सजना योङहाङ लिम्बुलाई संस्थाको वृत्ति विकासका लागि पुर्यासएको योगदानको कदर स्वरुप प्रमुख अतिथि लगायतले सम्मान पत्र प्रदान गरि अभिनन्दन गरेका थिए ।
कार्यक्रमको दोश्रो खण्डको कार्यक्रममा संस्थाका संस्कार संस्कृति विभाग संयोजक कुवेर वनेम एवं किरात याक्थुङ चुम्लुङ नेपालका पुर्व केन्द्रीय महासचिव तथा कियाचु अमेरिकाका पुर्व सल्लाहकार लिला सिंघकको नेतृत्व र संस्थाका सदस्यहरुको सहयोगमा याक्थुङ लिम्बु समुदायको मौलिक नाच केलाङ (च्याब्रुङ नाच) यालाङ (धान नाच) र हाक्पारे, रैथाने ख्याली प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा ममता सुब्बा लाबुङ, भिमा देवान, गायिका लिला सिङ्गक , प्राची बिसुङ्खे लिम्बु , ग्रुप ब्यान्ड रेमोस अधिकारी, आयुश खत्री र नामहाङ् लिबाङ्, राम सोदेम्बा र बिरेन्द्रहाङ लाबुङ लगायतले प्रस्तुती दिएका थिए ॥
0 comments:
Post a Comment