बिर्तामोडमा दुईवटा गाडी ठोक्किँदा दुर्घटना, एक घाइते

२०८० मंसीर १९ गते , मंगलबार


बिर्तामोड । पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापाको बिर्तामोडस्थित राजगढ बस स्ट्यान्डमा दुईवटा गाडी एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ । दुर्घटनामा परी एकजना घाइते भएका छन् ।
आज बिहान ०५ः४५ को समयमा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ ज ३४९१ नम्बरको बोलेरो र पश्चिमबाट पूर्वतर्फ गइरहेको डब्ल्युबि ७४ एडब्ल्यु ९९९३ नम्बरको भारतीय कार आपसमा ठोक्किएका थिए । कार दुर्घटना हुँदा कार चालक घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment