घरमा आगलागी हुँदा शिशुको जलेर मृत्यु

२०८० पौष १२ गते , विहीबार


दार्चुलामा घरमा आगलागी हुँदा जलेर चार महिनाको शिशुको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका–३ होपरीगाडमा बुधबार राति रणवीर टमटाको घरमा आगलागी हुदाँ उनका चार महिनाका छोरा विजयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द भण्डारीले जानकारी दिए ।
उनका अनुसार रविद्युत चुहावट भएर टमटाको घरमा आगलागी भएको हो । आगोले उनको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयले आगो निभाएका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment