सिंहहरूले एक्लाएर झम्टेपछि
तड्पाइ तड्पाइ मारेको सिकार जस्तो,
अमृत सागर नै
विषालु बनाउन पुग्ने गरि
सृजित केहि थोपा विकार जस्तो ।
अस्मिता लुट्न ठिक्क पारेर,
कोठिमा बन्दी भएकि अवलाको झैँ,
दियो निमोठेर
अत्यास लाग्दो अँध्यारो बल्दा,
गुन्जिएको चितकार जस्तो।
सक्नेले लुछेर खान पनि मिल्ने,
चुँडेर थोरै लान मिल्ने,
कसैको पेवा म
ओछाएर छाती नै टेक्न दिने,
सबैले हितकार जस्तो ।
पिडाहरू पासो लगाइ,
संसार जोख्नेहरूको अन्तिम इच्छा लेख्दै,
सन्ताप सहि दिलमा
कलम बिसाउन तल्लीन,
शब्द शब्दमा रुने गितकार जस्तो।
खै कस्तो खै कस्तो म,
न गोली लागेको घाइते जस्तो,
न गोली छल्ने ढाल जस्तो ।
ताल तालमा बजाउने मादल झैँ कसैको,
कसैको अनेक तालमा बज्ने बेसुरा गितार जस्तो ।
खै म कस्तो कस्तो ??
0 comments:
Post a Comment