इलामको ठूलो टुँडिखेलमा जारी प्रथम इलाम गोल्डकपको आज मंगलबारको अन्तिम क्वाटर फाइनल खेलमा पाँचथर फूटबल क्लवले बुटवल लुम्बिनी फूटबल क्लवललाई टा्रइबेकरमा पराजित गरेको छ । ट्राइबेकरमा चार तीन गोल अन्तरमा लुम्बिनी पराजित भएको हो ।
मध्यान्तर अगाडि पाँचथर फूटबल क्लवको तर्फबाट रोसन आङ्गदेम्बे र सीमान्त थापाले एक एक गोल गरे । ३७ औ मिनेटमा लुम्बिनी फूटबल क्लवका स्टेफेन न्यामले पाँचथर विरुद्ध गोल गरे । मध्यान्तर पछिको खेलमा लुम्बिनीका मार्टीन्सले गोल गरे । निर्धारीत समयमा खेल बराबरी भएपछि ट्राइबेकरमा पाँचथर फूटबल क्लवले जीत हासीले गरेको हो ।
विजेता पाँचथर फूटबल क्लवले माघ ११ गते विहिबार ( पर्सी) विर्तामोड युनाइटेड झापासँग दोस्रो सेमिफाइनल खेलमा प्रतिष्पर्धा गर्ने भएको छ ।
आजको खेलको म्यान अफ दी म्याच पाँचथर युवा क्लवका रोसन आङ्गदेम्बे भए । उनले नगद पाँच हजार प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत भोली बुधबार एन आर टी काठमाडौं र आयोजक रेडहर्ष फूटबल क्लव इलामबीच दुइ बजेबाट पहिलो सेमिफाइनल खेल हुने छ । प्रतियोगिताको फाइनल खेल आगामि माघ १३ गत हुने भएको छ ।
0 comments:
Post a Comment