इलाम गोल्डकपको उपाधि एनआरटीलाई

१३ माघ २०८०, शनिबार 


इलाम : इलामको ठुलो टुडीखेलमा जारी इलाम गोल्डकपको उपाधि न्युरोड टिम (एनआरटी) काठमाडौंले चुमेको छ ।

शनिबार भएको फाईनल खेलमा निर्धारित समयमा गोलरहित बराबरी भएपछी खेल ट्राईबेकरमा परिणत भएको थियो । ट्राईबेकरमा विर्तामोड युनाइटेड झापा लाई ४–३ गोल अन्तरले पराजित गर्दै न्युरोड टिम (एनआरटी)लेपहिलो संस्करणको उपाधि चुमेको हो ।

उपाधिसंगै न्युरोड टिम (एनआरटी) काठमाडौंले ५ लाख पाँच हजार ५ सय पचपन्न रुपैयाँ प्राप्त गरेको छ । उपविजेता विर्तामोड युनाइटेड झापाले ३ लाख तीन हजार ३ सय तेत्तीस रुपैयाँमा चित्त बुझाएको छ ।

खेलको म्यान अफ द म्याच बिर्तामोड युनाइटेड झापाका हिसुब थपलिया घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे ।

सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर, उदयीमान खेलाडी र उत्कृष्ट कोचले समेत नगद पाँच हजार पुरस्कार प्राप्त गरेका छन ।

रेडहर्ष फुटबल क्लब इलामको आयोजनामा सञ्चालित गोल्डकपमा एक विदेशी टिमसहित ८ वटा टिमको सहभागिता थियो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment