२०८० माघ १० गते , बुधबार
सुनसरीको धरान उपमहानगरपालिका- ८ स्थित भोटेपुलमा हाईसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका १५ बस्ने ४६ वर्षीय शम्भु दर्जी रहेका छन् ।
मंगलबार दिउसो २ बजेको समयमा इटहरीबाट धरानतर्फ जाँदै गरेको ना १ ज ७१२१ नम्बरको हाईस गाडीले बाटो क्रस गर्दै गरेको को ६ प ५६०३ नम्बरको मोटरसाइकल र को ३२ प ८६६१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक दर्जीलाई उपचारको लागी घोपा धरानमा पुर्याउन साथ मृत्यु भएको थियो भने स्कुटर चालक सोही स्थान ८ बस्ने ४४ वर्षीय सुरज गजमेर सामान्य घाइते भएका छन् ।
दुर्घटनामा संलग्न हाईस गाडी, चालक सप्तरी जिल्ला सुरुङ्गा ८ बस्ने २८ वर्षीय तेज नारायण सदालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।
0 comments:
Post a Comment