इलाम गोल्डकप : उपाधिका लागि एनआरटी र झापा भिड्ने

 ११ माघ २०८०, बिहीबार


इलाम : इलाममा जारी प्रथम इलाम गोल्डकपको उपाधिका लागि न्युरोड टिम (एनआरटी) काठमाडौं र विर्तामोड युनाइटेड झापा भिड्ने भएका छन् ।
आज (बिहीबार) ठूलो भएको अन्तिम सेमिफाइनल खेलमा विर्तामोड फाइनल प्रवेश गरेसँगै उपाधिका लागि एनआरटीसँगको भेट पक्का गरेको हो । विर्तामोडले पाँचथर फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गरेको हो ।
निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि टाइब्रेरमा विजेता निर्धारण गर्नुपरेको थियो । टाइब्रेकरमा झापाका एन्जल गुरुङ, दिवस उराउ, रोहन कार्की र प्रदिप बुढाथोकीले गोल गर्दा विशाल दर्जी गोल गर्न चुक्नुभयो । दर्जीको प्रहार प्रामिज्ये गच्छादारले बचाउ गर्नुभयो ।
यता पाँथरका सुदिप श्रेष्ठ र साइमन लिम्बूले गोल गर्दा विजु भुजेल र अशोक खवासले गोल गर्न चुक्नुभयो । भुजेलको प्रहार झापाका सन्दगोलकिपर सन्दिप लिम्बूले बचाउ गर्नुभयो भने खवासको प्रहार बारमा ठोक्किएर बाहिरिएको थियो ।
विर्तामोड आयोजक रेडहर्ष फुटबल क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ । फाइलन माघ १३ गते हुनेछ ।
खेलको म्यान अफ द म्याच विजेता विर्तामोडका सञ्जित राई घोषित हुँदै नगद पाच हजार प्राप्त गरे ।
रेडहर्ष फुटबल क्लब इलामको आयोजनामा सञ्चालित गोल्डकपमा एक विदेशी टिमसहित ८ वटा टिमको सहभागिता थियो । विजेताले नगद पाँच लाख र उपविजेताले नगद तीन लाखसहित पदक र प्रमाणपत्र पाउनेछन् ।
सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर, उदयीमान खेलाडी र उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन नगद पाँच हजार पुरस्कार पाउनेछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment