२०८० माघ
झापाको कनकाईस्थित धनुषकोटीधाम (भुरुंगा) मा सोमवार साँझ भएको ग्याङफाइटमा कनकाई नगरपालिका ४ का वडाध्यक्ष रोशन सुवेदीसमेत संलग्न भएको भन्दै उनीमाथि उजुरी परेको छ ।
दुई समूहबीच भएको झडपमा परी घाइते भएकाहरूले कनकाई ४ का वडाध्यक्ष रोशन सुवेदीको अगुवाइमा रहेका युवाहरूले आफूमाथि आक्रमण गरेको बताएका छन् । झडपमा बिर्तामोड–५ का उमेश चौधरी र दीपक लिम्बू घाइते भएका छन् । सोमवार साँझ वनभोजमा रमाइलो गर्न गएका दुई समूहबीच खुकुरी हानाहान भएको थियो ।बिर्तामोडबाट गएको वनभोज समूह र अर्को समूहका युवाहरूले मादक पदार्थ सेवन गरेर विवाद सिर्जना गर्दा झडप भएको प्रहरीले जनाएको छ ।चौधरीको बीएण्डसी र लिम्बूको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको छ ।
पीडितहरूले इलाका प्रहरी कार्यालय बिर्तामोडमा दिएको उजुरी अनुसार धारिलो हतियार साथमा बोकेर आएका वडाध्यक्ष सुवेदी, सोही वडा नं.३ बस्ने दलकुमार श्रेष्ठ, भवानी पाठक, मौसम पाण्डे, श्यामकुमार अधिकारी, वडा नं.२ बस्ने तीर्थबहादुर श्रेष्ठ, तुलाराम विश्वकर्मा, विमल श्रेष्ठ, पप्पु भन्ने धर्मेन्द्र दाहाल, भरत पाठक, मिलन मगरलगायत २०–२५ जनाको समूहले हुलहज्जत गरी हतियार खुकुरी निकाली सवारी चालक छबिराम सुबेदीलाई प्रहार गर्दा बसको अगाडी तथा साइडको सिसामा क्षति भएको र अन्धाधुन्ध खुकुरी, तरवारले प्रहार गर्दा आफूहरूको टाउकोमा चोट लागेको बताएका छन् ।
घाइतेहरूले उजुरी दिए पनि प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन । उनीहरूले प्रयोग गर्ने दुई थान मोटरसाइकल र खुकुरी बरामद गरेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए ।

0 comments:
Post a Comment