इलामकाे माई नगरपालिकामा स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक ‘हाम्रो माई नगर’कक्षा ४,५ र ८ सार्वजनिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
माई नगरपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, निजी तथा सामुदायिक बिद्यालयका प्रधानाध्यापक र शिक्षकहरु, संचारकर्मी लगायत सरोकारवालाहरुको सहभागितामा पुस्तक सार्वजनिकीकरण गरिएको हो।
सार्वजनिकीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख खम्बा सिं लिम्बुले शिक्षा, स्वास्थ्य लगायतका विषयमा लगानी गर्ने कुरामा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । शिक्षक कर्मचारीले निर्माण गरेको पुस्तकको सम्मान गर्ने अवसर प्राप्त रहेकोमा गौरवान्वित भएको बताए ।
त्यस्तै उपप्रमुख हिमा भण्डारीले पुस्तकले माई नगरपालिका भित्रका विभिन्न धर्म, संस्कृति, भाषा र स्वास्थ्यलाई समेत जोडेर पुस्तक प्रकाशन भएकोमा खुसी व्यक्त गर्दै यसले नगरको परिचय दिन सक्षम रहने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्मा, सामाजिक विकास शाखा संयोजक राजेन्द्र राई, शिक्षक प्रतिनिधि किरण सुवेदी, रुद्र मगर लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा पाठ्यकपुस्तक लेखन तथा सम्पादन समितिमा रही योगदान पुर्याउने कर्मचारी तथा शिक्षकलाई सम्मान गरिएको थियो। सम्मान प्राप्त गर्ने कर्मचारी शिक्षा शाखा प्रमुख सीता देवी लावती, प्राविधिक सहायक केशब खनाल, कन्काई माविका प्रधानध्यापक हरि प्रसाद पौड्याल, सहायक प्रअ खेम राज लिम्बु, शिक्षक किरण प्रसाद सुवेदी, लक्ष्मी आदर्श माविका शिक्षक रुद्र मगर, न्युलाईट वोडिङ्ग स्कुलका प्रिन्सिपल रविन्द्रराज लोहनी, दीपज्योति आधारभुत बिद्यालयका प्रअ तिर्थराज भारती, गरुवा वहुमुखी क्याम्पसका उपप्राध्यापक विजय तामाङ्ग र भगवती माविका सहायक प्रअ सुन्दरमणि बिसीलाई सम्मान गरिएको थियो।
शुक्रबार नै सम्पूर्ण विद्यालयलाई पाठ्यपुस्तक वितरण गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सिता लावतीले जानकारी दिइन् ।
माईका प्रमुख खम्बा सिंह लिम्बूको अध्यक्षता, शाखा अधिकृत लक्ष्मण भुर्तेलको सन्चालनमा सम्पन्न कार्यक्रममा उपप्रमुख हिमा भण्डारी, प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्मा, सामाजिक विकास शाखा संयोजक राजेन्द्र राई,कार्यपालिका सदस्यहरु, नगरशिक्षा समितिका सदस्यहरू,माई नगरपालिका कर्मचारीहरु, निजी र सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, स्थानीय सरोकारवालाहरु, संचारकर्मी लगायतको सहभागिता रहेको थियो।

0 comments:
Post a Comment