- गोबिन्द पौडेल
रोङ गाउपालिकाको सलकपुरमा रोमस अधिकारिले सभवत ईलाममा नै पहिलो पटक भित्र्याएको मानिने यस फलबाट सलकपुरका किसान याम अधिकारीले यसबर्ष एकलाख दश हजार हात पारे ।अधिकारीले बारिमा करिव पचास बोट लगाएको भएपनि उत्पादन दिने दुईवटा बोट मात्रै रहेको र आफुले माग अनुसारको फल दिन नसकेको बताए ।
उनी मात्रै हैन सलकपुरमा अरुले पनि एभोकार्डोले नगद खिचेका छन् ।आफुले कान्लामा गाडेको दाना फलेपछि ६ हजार रोङ ६ रम्भ्याङका बिदुर योन्जनले पनि भित्र्याउन सफल भए उनी भन्छन् बिक्छ भन्ने त सोचेकै थिएन ।
अहिले ईलामका धेरै ठाउमा यसको खेती हुन थालेको छ । सूर्योदय ८ का रन्जना बरालले बारीमा दुईसय वोट रोपेको छन् उनी भन्छन् कन्याम आउने पर्यटकलाई बेच्ने चाहना छ ।
पहिला कसैले मन नपराउने यो फल अहिले खोजी खोजी खानेहरु बढेका छन् ।स्वस्थ्य बर्धक,प्रोटिनको भण्डार रहेको एवकार्डोको जुसका पारखी धेरै बढेको र माग बढ्न थालेको हो ।
ईलामे भुमिका धेरै ठाउमा फल्ने एवोकार्डो रोप्न रोङ गाउपालिकाले किसानहरुलाई सहयोग गरेको थियो । कम उत्पादन हुदा राम्रै बिक्रि हुने उत्पादन बढेपछि पनि बजारीकरणमा लागिदिनु पर्ने किसानहरुको चाहना रहेको छ ।अहिले एभनेकार्डो बोटबाट नै सरदर दुईसय रुपैया प्रतिकिलो बिक्रि हुने गरेको छ ।
0 comments:
Post a Comment