साँखेजुङ्गमा शिक्षासेवी सम्मानीत


इलाम । इलाम नगरपालिका १ स्थित साँखेजुङको नेपालटारमा रहेको वी वी मेमोरियल अँग्रेजी माध्यमिक विद्यालयको ३० औं वार्षिक उत्सव तथा सरस्वति पुजाका अवसरमा दुइ शिक्षासेवी सम्मानीत भएका छन् । विद्यालयले साँखेजुङको समग्र शैक्षिक क्षेत्रमा योगदान पुर्याएको भन्दै नेपालटार माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक दामोदर भट्टराई र समाजसेवी गीरी बहादुर राईलाई सम्मान गरेको हो । सम्मानीत व्यक्तित्वहरुलाई प्रदेश सभा सदस्य गोविन्द गिरीले दोसल्ला ओढाएर सम्मान पत्र अर्पण गर्नुभयो । 
प्रीन्सीपल टीका बस्नेतको अध्यक्षतामा भएको बार्षिक उत्सव कार्यक्रममा पुर्व शिक्षकद्धय हेम बहादुर कटुवाल, कृष्ण गुरुड., सम्मानित व्यक्तित्व दामोदर भट्टराई, इलाम नगरपालिका १ का वडाध्यक्ष गायत्री बस्नेत र प्रदेश सभा सदस्य गोविन्द गिरीले मन्तव्य राख्नुभयो । 
बार्षिकोत्सवका अवसरमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । नेपालटार माध्यमिक विद्यालयमा समेत सरस्वति पुजाका अवसरमा छुट्टै कार्यक्रमको आयोजना गरिएको थियो ।  


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment