ताप्लेजुङमा आगलागी हुँदा आठ लाख क्षति

 १ फाल्गुन २०८०, मंगलवार 


फुङ्लिङ (ताप्लेजुङ), ताप्लेजुङको फक्तालुङ गाउँपालिका–१ सावदेनस्थित एक घरमा मङ्गलबार आगलागी हुँदा घर जलेको छभने त्यहाँ रहेको रु आठ लाख बराबरको धनमाल नष्ट भएको छ ।
आगलागीबाट बुद्धमती लिम्बूको घर पूर्ण रूपमा नष्ट हुँदा रु आठ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आज दिउँसो आगलागी हुँदा दुईतले कच्ची जलेको हो । घरमा रु एक लाख नगद र तीन तोला सुनसमेत नष्ट भएको बताइएको छ ।
फक्ताङलुङ गाउँपालिका–१ का वडाध्यक्ष योज्ञप्रसाद लिम्बूका अनुसार घरमा कोही नभएको समयमा आगो सल्केको थियो । आगलागीको कारण अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment