इलाम पुगेर गगन थापाले भने- बंशवादलाई जिताउने कि लोकतन्त्रलाई?

वैशाख ८, २०८१ शनिबार


इलाम : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इलामको निर्वाचनले मुलुकलाई नयाँ बाटो दिने भएकाले आफ्ना उम्मेदवार डम्बर खड्कालाई जिताउन आग्रह गरेका छन्। 

इलाम क्षेत्र-२ मा वैशाख १५ मा हुने प्रतिनिधिसभा सदस्यको उप निर्वाचन लक्षित चुनावी सभालाई इलामको लाकुरी चौतारामा सम्बोधन गर्दै थापाले स्वर्गीय नेम्वाङका पुत्र सुहाङ नेम्वाङलाई चुनावी मैदानमा उतारेको प्रति कटाक्ष गर्दै इलामे जनताले बंशवादलाई जिताउने कि लोकतन्त्रलाई जिताउने दिन आएको बताए। 

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकको प्रश्नको जवाफ दिनुको साटो ‘प्रश्नमात्र गर्दै हिंडेको’ टिप्पणी गरे। उनले डम्बर खड्का इलामको समस्या बोकेर संसद छिर्ने वास्तविक प्रतिनिधि भएको बताए। उनले कांग्रेसको तर्फबाट उठेका खड्काको जिम्मा लिने बताए। 

उनले भने, ‘इलामको विकासका लागि जिम्मा लिने खालको उम्मेदवार इलामे जनतालाई चाहिएकाले तपाई्को प्रतिनिधित्व गर्ने खास मान्छे डम्बर खड्का हुन्।’ इलामको यो चुनाव गठबन्धनको राजनीतिसँग जोडिएको भन्दै नयाँ सन्देशका लागि खड्कालाई जिताउनुपर्ने बताए। उनले यो चुनाव उत्तेजनको राजनीतिसँग जोडिएकाले सजग रहन आग्रह गरे। सहिष्णु पहिचान यात्रासँग जोडिएको निर्वाचन भएको भन्दै खड्कालाई मतदान गर्न थापाले आग्रह गरे।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment