शैक्षिक सुधारको लागि माङसेवुङ गाउँपालिकाको साहासिक निर्णय

  • गोविन्द पौडेल 

इलाम, २८ चैत्रः सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खच्किदै गईरहेको बेला इलामको माङसेबुङ गाउपालिकाले भने सुधारको लागि साहसिक निर्णय गरेको छ ।
समाजका अगुवा हौ भनेरसरकारी सुबिधा लिने तर आफ्ना छोराछोरीहरुलाई सस्थागत विद्यालयमा भर्ना गरेर अध्यापन गराउने प्रवृति रहेकोमा गाउपालिकाको गत चैत्र २५ गते बसेको चौतिसौ बैठकले सबै जनप्रतिनिधिहरु,सरकारी शिक्षक, विद्यालय ब्यववस्थापन समिति, शिक्षक अ

भिभावक सघका पदाधिकारी लगायतको छोराछोरीहरुलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने निर्णय गरिएको गाउपालिका अध्यक्ष हेमन्त राईद्वरा हस्ताक्षरित प्रेस नोट  मा जनाईएको छ । शैक्षिक सत्रको अन्तसगै नया शैक्षिक सत्रको शुरुआतमा गरिएको यो निर्णयलाई शैक्षिक सुधारको लागि उचित समयको सकरात्मक कदमको रुपमा लिईएको शैक्षिक क्षेत्रका बिज्ञहरुको प्रतिकृया रहेको छ ।कतिपय अवस्थामा सरकारी शिक्षकहरुवाट नै आफ्ना नानिहरु  सस्थागत बिद्यालयमा पढाएर बिभिन्न बहानामा बढिबिदा लिन पनि सामुदायिक बिद्यालयहरुको शैक्षिक वातावरण धमिल्याउन लागेको अवस्थामा यो निर्णयको कार्यन्वयन भएमा सामुदायिक बिद्यालयप्रति सरोकारवलाहरुको अपनत्व हुने र सरकारको लगानीवाट अपेक्षाकृत उपलब्धि लिन सकिने निश्चित रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment