इलामको रोङ ‘पूर्ण खोप गाउँपालिका घोषणा’

२०८० चैत्र २८ गते , बुधबार


इलाम । इलामको रोङ गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरीएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ रोङ गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको हो ।
गाउँपालिकाका ६ वटै वडामा पहिलो चरणमा पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको गाउाँपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले  जानकारी दिए ।
स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेर अनुसार खोप पाए नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने प्रक्रिया अनुरुप खोप दिने व्यवस्था गरेको छ । ‘‘सबै सर्तहरू पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो,’’ शाखा प्रमुख काफ्लेले भने ।
रोङ गाउँपालिकाका खोप समन्वय समिति संयोजक तथा गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो, उपाध्यक्ष विष्णुमाया खवास, वडा नं. ३ का अध्यक्ष मात्रिका बराल, प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीसहित स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका प्रधानाध्यापक, कर्मचारी र स्थानीयको उपस्थितिमा पूर्ण खोप गाउँपालिका घोषणा गरिएको छ ।
नेपाल सरकारको स्वास्थ्य क्षेत्रको प्राथमिकता प्राप्त कार्यक्रमको रूपमा रहेको पूर्ण खोप स्थानीय तह घोषणा कार्यक्रमलाई घोषणामा मात्र सिमित नराखी यसको दिगोपना सुनिश्चितताका लागि गाउँपालिकाले ध्यान दिनुपर्ने स्वास्थ्य कर्मी सुनिता लिम्बुले बताए ।
गाउँपालिकाका अध्यक्ष स्याङ्बोले आगामी दिनमा स्वास्थ्य क्षेत्रका समस्यालाई प्राथमिकताका साथ गाउँपालिकाका नीति तथा योजनामा समेटिने जानकारी दिए। उक्त अवसरमा स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गाउँपालिका क्षेत्रभित्रका तीन जना उत्कृष्ट स्वास्थाकर्मीलाई जनही १० हजारका दरले पुरस्कृत गरिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment