पैनीमा डुबेर झापामा एक जनाको मृत्यु

२०८१ असार २२ गते , शनिबार


झापा । झापाको बिर्तामोडमा पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-१० इलामेली टोलका होपन मुर्मुका ३५ वर्षीय छोरा सुनिल मुर्मु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


प्रहरीका अनुसार शनिबार दिउँसो पौने ३ बजे सुनिल घर नजिकैको पैनीमा डुबेको अवस्थामा मृत भेटिएको थियो । घटना थाहा पाएलगतै इलाका प्रहरी कार्यालय अनारमनिको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया गरी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment