- गोबिन्द पौडेल
सन्दकपुर गाउपालिका ३ र १ मा पर्ने २१ सय २१ मिटरको उच्चाईमा अवस्थित रामसार क्षेत्र माइपोखरी १२.८ हेक्टरमा फैलिएक्को पोखरीले ८ हेक्टर क्षैत्रमा जलाशय युक्त रहेको छ । जैविक बिभिधताले भरिपुर्ण यस पोखरी परिसरमा जडिबुटि ६४ स्तनधारी १८ प्रजाति ठकठके गलैचे झ्याउ जस्ता लोपोम्मोख बनस्पतिहरु पाईने गरेको छ ।
मनोकामना पुरा हुने भएकोले हिन्दु बौद्ध किरात लगायत सबै समुदायका धार्मिक भक्तजनहरु आउने गरेको सन्दकपुरका जनप्तिनिधि कुमार गुरुङले बताए ।
ईलाम सदरमुकामवाट१६ किमिमा रहेको माईपोखरीपुग्न यायायातको पहुच सहज रहेको छ ।परयटकहरुको चापसगै होटल र होमस्टे खाजाघरहरुको उचित ब्यवस्था रहेको माईपोखरी परिसरमा स्थानिय परिकारहरु पाईन्छ ।यहा मकै,कोदो फापरको भात र परिकार,स्थानिय स्तरमा उत्दन हुने आलु लोकल कुखुरा, जठिबुठि मिसाईएका टिम्बुर, चिम्पिङ, किबि,मिश्रित जठिबुटि ,र गुरासको वाईन पाईने गरेको स्थानिय होटल ब्यवसायि निमदोर्जे शेर्पा ले बताए । यहा हिउदको समयमा आसपासमा पाईने तरकाकारी हरुनै प्रयोगमा ल्याईने बर्षादको समयमा आसपासका गाउहरुबाट खरिद गरि ल्याईने तर झापा र भारतिय बजारबाट नल्याईने फरक बिशेषता रहेको ब्यवसायी शेर्पाले बताए ।
पर्यटन उध्योगबाट नेपालको बिकाश गर्न सकिने सम्भावना रहेकोमा स्थानिय उत्पादनको प्रयोले समुदायमा प्रतक्ष फाईदा लिईरहेको माईपोखरीवाट रोजगार र स्वरोजगारको सिको गर्न जरुरी रहेको छ ।
0 comments:
Post a Comment