विराटनगर । सुनसरी र मोरङको छुट्टा–छुट्टै स्थानमा खोलामा डुबेर दुई जना बाल बालिकाको मृत्यु भएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का बिष्णु परियारको सात बर्षीया छोरी बिबिशा परियार सुनसरी खोला छेउमा खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको हो ।
त्यस्तै मोरङको सुनवर्षी नगरपालिका–७ सुकुम्बासी टोलका श्रीकुमार ऋषिदेवको नौ बर्षीय छोरा अमन रिषिदेब मरिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
0 comments:
Post a Comment