इलाममा मादक पदार्थ सेवन गरी सामुहिक रुपमा झगडा गर्ने ५ जना पक्राउ


इलाम, ७ साउनः इलाम सदरमुकामा आइतबार रातीको समयमा इलाम नगरपालिका ७ स्थित नाङलो होटल छेउमा सामुयिक रुपमा झगडा  गर्ने ५ जनालाई प्रहरी पक्राउ गरेको छ भने अन्य फरार रहेको खोजीकार्या जारी रहेको छ ।


सामूहिक झगडा भईरहेको भन्ने खबर प्राप्त हुन साथ तत्काल जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोलि खटिई गई झगडा गर्ने इलाम नगरपालिका ९ गोलाखर्क बस्ने बर्ष २५ को बिष्णु कार्की, सोही स्थान बस्ने बर्ष ३३ को मन कुमार चेम्जोङ र सोही स्थान बस्ने बर्ष २८ को शाजन राईलाई पक्राउ गरेको  गरेको हो । 
झगडा पश्चात  फरार रहेका ब्यक्तिहरुलाई प्रहरीले खोजी कार्य गर्ने क्रममा सोमबार बिहान इलाम नगरपालिका ९ गोलाखर्क बस्ने बर्ष २५ राम थापा र सोही स्थान बस्ने बर्ष २२ को खम्बासीङ तामाङ समेतलाई पक्राउ गरी थप अनुशन्धान भईरहेको छ भने अन्य झगडामा संलग्न ब्यक्तिहरुको खोजी कार्य समेत भईरहेको जिल्ला प्रहरी कर्याालय इलामले जानकारी गराएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment