इलाममा दुर्व्यसन विरुद्ध आमाहरु अभियान अन्तर्गत लागूऔषध नियन्त्रण सम्बन्धी कार्यक्रम


इलाम । जिल्ला प्रशासन कार्यालय इलामको आयोजना तथा जिल्ला प्रहरी कार्यालय इलामको सहजिकरणमा दुर्व्यसन विरुद्ध आमाहरु अभियान अन्तर्गत लागू औषध नियन्त्रण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
दुर्व्यसन विरुद्ध आमाहरु अभियानलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय इलामको आयोजना र जिल्ला प्रहरी कार्यालय इलामको सहजिकरणमा संचालनको लागी तयार गरीएको जिल्लास्तरीय लागू औषध नियन्त्रण सम्बन्धी तीन महिने कार्ययोजना आज इलाम नगरपालिका ७ स्थित गौतम बुद्ध सभा हलमा कार्यक्रमको समुद्‍घाटन भएको छ ।


इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षता तथा इलाम नगरपालिकका नगर प्रमुख केदार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा इलाम जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरु, वडा अध्यक्ष, आसारा सुधार केन्द्र धरान सुनसरीका प्रथम उपाध्यक्ष, आसारा सुधार केन्द्र धरान सुनसरीका काउन्सिलर, आसारा सुधार केन्द्र धरान सुनसरीका संचालक समिति सदस्य, पत्रकार महासंघ इलामका अध्यक्ष, आमा समुह एंव बिभिन्न क्लवका पदाधिकारीहरु, यातायाता ब्यवशायीहरु, बिभिन्न कलेजका बिद्यार्थिहरु, संचारकर्मी एंव स्थानियबासीको उपस्थित रहेको थियो ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले कार्यक्रम बारे प्रकाश पार्नु भयो भने आसारा सुधार केन्द्र धरान सुनसरीका काउन्सिलर टिका सिग्देल लागू औषध सम्बन्धी आफ्नो प्रस्तुतिकरण गर्नु भएको थियो । सोही कार्यक्रममा जिल्ला प्रशासन कार्यालय इलामले जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामलाई ३० थान लागु औषध चेक गर्ने किट बक्स समेत प्रदान गरेको छ ।
कार्यक्रममा दुर्व्यसन विरुद्ध आमा समिति इलामका सदस्य एंव नगर महिला समन्वय समिति इलाका अध्यक्ष पुष्पादेबी खनालले लागू औषध विरुद्ध आफ्ना मन्तब्य राख्नु भयो भने आफ्ना मनतब्य सहित इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले कार्यक्रम समापन गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment