जनसरोकारमा रोङका जनप्रतिनिधि

  • गोविन्द पौडेल 

रोङ २७ असारः सामाजिक सन्जालमा जोखिमपुर्वक खोला तर्दै गरेको भिडियो सार्वजनिक भए लगत्तै रोङ गाउपालिकाले तत्काल वास्तबिकताको स्थलगत अनुगमन गरेको छ ।
रोङ गाउपालिका वडा न ३खारखोला  र ४ को नागदह जोड्ने भालुझोडा खोलामा बाढि आईरहेको बेलामा एक बालिका स्कुलजान काठको मुडावाट खोला तरिरहेको भिडियो बाहिरन साथ रोङ गाउपालिकाको अध्यक्ष मनिकुमार स्याङ्वो वडा न ३ र ४ का वडाध्यक्षहरु मात्रिका वराल,राजकुमार लाप्चा सहित स्थानिय ब्याक्तित्वहरु उक्त स्थानमा पुगेर बिध्यमान अवस्थाको स्थलगत निरिक्षण र जोखिम ब्यवस्थापनको वारेमा अल्पकालिन र दिर्घकालिन समाधानको छलफल भएको स्थानिय बि र्ख लिम्वुले बताए ।
रोङ गाउँपालिका वडा न ३ र ४ को खारखोलालगायतको बासिन्दालाई आवातजावत सहज बनाउनउक्त स्थानदेखी ६ सय मिटरको दुरीमा उपभोक्ताको माग अनुरूप, उहाँहरु कै उपभोक्ता समितिमार्फत रु ४३,४४,६१४ लागतमा पुल निर्माण भैइ सुचारु भएको २० महिना भईसकेको तर स्थानिय नागरिकहरुले आफुलाई छिटो हुनेगरि उक्त मुढे पुल प्रयोग गर्ने गरेको पाईएको हो। 
ईलामको रोङ र झापाको बुद्धशान्ति ७ सुनमाई जोडिने स्थानमा रोङ ३ को खारखोला टोलबाट भालुझोडा खोला तरेर रोङ ४को बस्तिबिहिन नागदह हुदै बुद्धशान्ति ७ को मेचीराजमार्ग सुनमाई पुग्न सहज छ ।झापाको सहज स्थान राजमार्गमा पुग्न छिटो हुने कारण खारखोला वासिको वास ईलाम र दैनिकि कारोवार झापासग हुने गरेको हो ।
 पुलको प्रयोग गरौँ खोलामा  जोखिम नमोलौूँ। झापा जानको लागि तल पनि सानो ९१० मिटर पुल आवश्यक रहेछ। खारखोला वाुिहरुलाई सहज हुनेगरि तत्काललाई अस्थाई पुल ९बासको पुल० आज जनश्रमदान बाट निर्माण गरिदिने र  दिर्घकालिन समाधानको लागि गाउपालिकाले फलामे पुल नै निर्माण गरेर जनजिवन सहज बनाउने गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले बताए । 
सामाजिक संजालमा दुई दिनदेखि एउटा विद्यार्थी काठको मुडाबाट खोला तरेको भिडियो हेर्दा जो कोहीलाई नरमाइलो लाग्छ र लाग्नु स्वाभाविक हो।


 रोङ गाउँपालिकाभित्र झोलुङ्गे पुल १५ वटाभन्दा बढी आवश्यक छ । ६ वटा झोलुङ्गे पुल निर्माण सपन्न भएको छ । ४ वटा निर्माणधीन अवस्थामा छ । क्रमशस् वर्षमा दुईतीन वटासम्म झोलुंगे पुल निर्माणको चरणमा प्रबेशमा रहेको अध्यक्ष स्याङ्वोले बताए ।
 नागरिकहरुले कस्ट पाएको बिषयमा सामाजिक सजालमा आएका बिषयहरुमा स्थानिय जनप्रतिनिधिहरुले तत्काल अनुगमन  छलफल र समाधानको उपया खोजिनुलाई भने स्थानिय वासिहरुले अत्यान्तै सकरात्मक रुपमा लिएका स्थानिय वासिहरुको प्रतिकृया रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment