रोङका अध्यक्ष आफै काममा, बन्यो अस्थाई पुल

  • गोविन्द पौडेल 

रोङ २७ असारः  सामाजिक सन्जालमा जोखिमपुर्वक खोला तर्दै गरेको भिडियो सार्वजनिक भए लगत्तै रोङ गाउपालिकाले तत्काल वास्तबिकताको स्थलगत अनुगमन पछि दुईदिनमै अस्थाई पुल बनेको छ भने पुलबनाउनरोङ  गाउपालिका  अध्यक्ष खेका थिए । 
रोङ गाउपालिका वडा न ३खारखोला  र ४ को नागदह जोड्ने भालुझोडा खोलामा बाढि आईरहेको बेलामा एक बालिका स्कुलजान काठको मुडावाट खोला तरिरहेको भिडियो बाहिरन साथ रोङ गाउपालिकाको अध्यक्ष मनिकुमार स्याङ्वो वडा न ३ र ४ का वडाध्यक्षहरु मात्रिका वराल,राजकुमार लाप्चा सहित स्थानिय ब्याक्तित्वहरु उक्त स्थानमा पुगेर बिध्यमान अवस्थाको स्थलगत निरिक्षण र जोखिम ब्यवस्थापनको वारेमा अल्पकालिन समस्याको समाधान गर्न अध्यक्ष मनिकुमार स्याङ्वो,नेपाल प्रहरी,ससस्त्र प्रहरी र स्थानिय वासिहरुको सक्रियतामा बासको पुल तयार भएको छ भने  दिर्घकालिन समाधानको  फलामे पुल गाउपालिकाले नै बनाईदिने भएको स्थानिय बिर्ख लिम्वुले बताए ।
रोङ गाउँपालिका वडा न ३ र ४ को खारखोलालगायतको बासिन्दालाई आवातजावत सहज बनाउनउक्त स्थानदेखी ६ सय मिटरको दुरीमा उपभोक्ताको माग अनुरूप, उहाँहरु कै उपभोक्ता समितिमार्फत रु ४३,४४,६१४र( लागतमा पुल निर्माण भैइ सुचारु भएको २० महिना भईसकेको तर स्थानिय नागरिकहरुले आफुलाई छिटो हुनेगरि उक्त मुढे पुल प्रयोग गर्ने गरेको हो ।
ईलामको रोङ र झापाको बुद्धशान्ति ७ सुनमाई जोडिने स्थानमा रोङ ३ को खारखोला टोलबाट भालुझोडा खोला तरेर रोङ ४को बस्तिबिहिन नागदह हुदै बुद्धशान्ति ७ को मेचीराजमार्ग सुनमाई पुग्न सहज छ ।झापाको सहज स्थान राजमार्गमा पुग्न छिटो हुने कारण खारखोला वासिको वास ईलाम र दैनिकि कारोवार झापासग हुने गरेको हो ।
सामाजिक संजालमा दुई दिनदेखि एउटा विद्यार्थी काठको मुडाबाट खोला तरेको भिडियो हेर्दा जो कोहीलाई नरमाइलो लाग्छ र लाग्नु स्वाभाविक हो।
समस्याको पहिचान भएर दुईदिन नबित्दै जोखिम ब्यवस्थापनमा गाउपालिका अध्यक्ष आफै खटेर पुल बनेपछि ईच्छा शक्ति भएका जस्तो सुकै कामपनि सहजरुपमा हुदो रहेछ भन्ने उदहारण बनेको प्रतिकृया सामाजिक सजालमा छ्यापछ्याप्ति देखिएको छ ।
 रोङ गाउँपालिकाभित्र झोलुङ्गे पुल १५ वटाभन्दा बढी आवश्यक छ । ६ वटा झोलुङ्गे पुल निर्माण सपन्न भएको छ । ४ वटा निर्माणधीन अवस्थामा छ । क्रमशस् वर्षमा दुईतीन वटासम्म झोलुंगे पुल निर्माणको चरणमा प्रबेशमा रहेको अध्यक्ष स्याङ्वोले बताए ।
 नागरिकहरुले कस्ट पाएको बिषयमा सामाजिक सजालमा आएका बिषयहरुमा स्थानिय जनप्रतिनिधिहरुले तत्काल पुरा हुनुलाई  स्थानिय सरकार नागरिकहरुकै हितमा रहन्छ भन्ने ज्वलन्त उदहारण बनेको  स्थानिय वासिहरुको प्रतिकृया रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment