- गोबिन्द पौडेल
पहिराेले लालबहादुरकाे अलैची र अमलिसाे वगान रहेकाे २० राेपनी,साखबहादुरकाे चियावारी रहेकाे २० राेपनी र बेल प्रसादकाे ५ रोपनी जमिन बगाइसकेको छ ।
गत असार २३ गतेवाट लगातार ३ दिन पहिराे गएर ४ परिवार बिस्तापित भएकाे जानकारी शसस्त्र प्रहरी,वडाकार्यलय,नगर पालिकामा अाफुले जानकारी गराएपनि शसस्त्र प्रहरीले अनुगमन गरेर मुजुल्का गरेको छ । पिडितलाई रेेडक्रसले एकथान कम्वल र त्रिपाल बितरण गरेपनि नगरपालिकाले वास्ता नगरेकाे मेचीकिनार टाेल बिकास सस्थाकी संयाेजक जयन्ती गिरीले बताउनुभयो।गिरीका अनुसार तत्काल पिडितलाई सुरक्षित स्थानमा पुर्नवास गराएर दिर्घकालिन याेजनामा लाग्नु पर्ने अवस्था रहेकाे छ । वडाध्यक्ष उर्गेन बम्जनले पहिराे पिडितकोमा पुगेर स्थलगत अध्यायन गरि पिडित मध्येका तिनपरिवारलाई सुरक्षित स्थानमा अस्थाई स्तान्तरण गरिएकाे र पिडित मध्ये संख देवानलाई सार्ने तैयारी भईरहेकाे वताए ।
वडाले बिस्थापित परिवारहरुकाे लागि राहत र पुर्नवासकाे लागि अावश्यक कागजी प्रकृया सकेकाे सुर्याेदय नगरपालिका बिपत ब्यवस्थापन समितिले अनुगमन गरि अावश्यक निर्णय गर्ने अध्यक्ष बम्जनले बताए ।यता
नगर बिपत ब्यवस्थापन समितिका संयोजक राज कुमार सेरेङले प्रहरी मुजुल्का अाइसकेको छ वडाध्यक्षसँग समन्वय गरिरहेकोले जिल्ला दैबीप्रकोपमा प्रमुख जिल्ला अधिकारीको सिफारिसमा प्रदेश र केन्द्र पाउने तयारी भएको बताए ।नगरको कार्यबिधी अनुसार कर्कटपाता ,अावस्यक अनुसार नगद १०-२० हजार सम्म दिने ब्यावस्था भएकोले त्यस्को ब्यावस्था गरिने बताएका छन् ।
विपत परिसकेपछि स्थानिय सरकारले गरेकाे प्रकृयागत ढिलाईले पिडामाथि थप पिडा थपिदैगएकाे पिडितको गुनासो रहेकाे छ ।
0 comments:
Post a Comment