एन्जल डिलक्स बसमा वीरगञ्जबाट चालकसहित चढेका थिए २४ यात्रु


२८ असार, काठमाडौं । गएराति चितवन पहिरोमा परेर बेपत्ता बनेको एन्जल डिलक्स बस वीरगञ्चबाट चालकसहित २४ जना यात्रु लिएर काठमाडौ‌का लागि छुटेको खुलेको छ । त्यसमा केही यात्रु भारतीय पनि थिए ।
प्रदेश ०३००६ ख १५१६ नं. को सो बसमा बीच बाटोमा यात्रु चढेका थिए वा थिएनन् भन्ने एकीन भइसकेको छैन । सो बस  आज बिहान चितवनको सिमतालमा पहिरोमा परेको थियो ।
चालक जवाहिर महतोले हाँकेको उक्त बस वीरगञ्जबाट बिहीबार साँझ ८ बजे काठमाडौंका लागि छुटेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment