भद्रपुर । भद्रपुर-५ स्थित मेची पुलमा लागु औषधसहित एक जना पक्राउ परेका छन् । शनिवार दिउँसो साढे २ बजे भद्रपुर नगरपालिका-५ स्थित अस्थायी प्रहरी बिटबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री इलाम चुलाचुली गाउँपालिका-३ बस्ने २८ वर्षीय विवेक राईलाई शङ्का लागेर चेकजाँच गरेको थियो ।
त्यस क्रममा प्लास्टिकमा पोका पारी मुखभित्र राखी लुकाइ छिपाइ ल्याउँदै गरेको १ ग्राम ८० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए ।
0 comments:
Post a Comment