२०८१ आश्विन ५ गते , शनिबार
झापाको कनकाई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका-१० स्थित टेक्रामा पानीमा डुबिरहेको अवस्थामा एउटा बेवारिसे शव फेला परेको हो । उत्तानो परेको , अनुहार पानीमा डुबेको करिब ४० वर्षको जस्तो देखिने पुरुषको शव माछा मार्नेहरूले देखेपछि प्रहरीलाई खबर गरेका गरेका थिए । शवको पहिचान खुलाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशील थापा मगरले बताए ।
0 comments:
Post a Comment