इलामको देउमाई ६ मा दुई वटा घर पहिरोको जोखिममा


इलाम, १२ असोजः इलामको देउमाई नगरपालिका ६ साविक शान्तिडाँडा ३ गोरेडाँडा,  लिम्बुगाउँमा गएको पहिरोमा परि दुइवटा घर जोखिममा रहेका छन् । लगातार भएको वर्षाका कारण सो ठाउँका जनम लिम्वुको घर पहिरोले पुरेको छ भने  गौ मायाँ लिम्बुको घर पहिरोले तान्ने जोखिम रहेको छ । जनम लिम्बुको घर भने पूर्णरुपमा पहिरोले पर्ने क्रममा रहेको र सो घरमा भएको सामाग्रीहरु भने स्थानीयको साथमा मिलेर निकालिएको वडा सदस्य राजकुमार लिम्बु लिङ्देनले जानकारी गराए । 


देशैभरी भइ रहेको वर्षा कारण इलाममा पनि ग्रामिण सडकहरु अवरोध भएका छने भने मेची राजमार्गको पनि विभिन्न खण्डमा पहिरो गएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment