इलाम । नेकपा एमाले इलामको अध्यक्षमा गणेश बराल निर्वाचित भएका छन् । पार्टीको ११ औ अधिवेशनमा प्रतिद्धन्द्धी नरेन्द्रनाथ भट्टराईलाई १८६ मतान्तरले हराउँदै बराल अध्यक्षमा निर्वाचित भएका हुन् । बरालले ३८१ मत प्राप्त गर्दा भट्टराईले १९५ मत प्राप्त गरे । उपाध्यक्षमा उदय बहादुर राई दोहोरिएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी उमेश गुरुङलाई ६६ मतान्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
राईले २५० मत प्राप्त गर्दा गुरुङले १८४ मत प्राप्त गरे । त्यसैगरी उपाध्यक्षमा बुद्धि खनाल १३७ ले मत प्राप्त गरे । सचिवमा रामप्रसाद सुवेदी ( सुवेदी) निर्वाचित भएका छन् । उनले प्रकाश अधिकारीलाई २४ मतान्तरले पराजित गरे । सुवेदीले २९२ मत प्राप्त गर्दा अधिकारीले २६८ पाए । त्यसैगरी उपसचिव पुरुषमा रमेश राई निर्वााचित भएका छन् । राईले निकटतम प्रतिद्धन्द्धी छवि श्रेष्ठलाई लाई २६ मतान्तरले पराजित गरे ।
राईले १७९ मत प्राप्त गर्दा श्रेष्ठले १५३ मत प्राप्त गरे । त्यसैगरी याम बहादुर राईले १३४ र मानविर लुहागुनले ५६ मत प्राप्त गरे । महिला उपसचिवमा दिल कुमारी लावती (दिलु योङहाङ लावती) निर्वाचित भएकी छन् । उनले बिष्णुमाया रिमाल (आचार्य) लाई ९२ मतान्तरले पराजित गरिन् । लावतीले ३०९ मत प्राप्त गर्दा रिमालले २१७ मत प्राप्त गरिन् । कुल ५८८ मतदाता भएपनि ५८१ मत मात्र झरेको थियो ।
लोकल सन्देशबाट
0 comments:
Post a Comment