- सुनिता राई,
४ मंसिर २०८१, मंगलवार
इलाम । माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा परम्परागत रुपमा लाग्दै आएको बालाचर्तुदशी मेला आगमी मंसीर ९ देखि शुरु हुने भएको छ ।
माईजोगमाई गाउँपालिकाको आयोजना र मेला ब्यावस्थापन समिति नयाँबजारको ब्यावस्थापनमा बर्षेनि धार्मीक रुपमा लाग्दै आएको बालाचर्तुदशी मेला शुरु भएको हो । मेलाकै अवसरमा स्थानीय शिवालय धाममा सतबीऊ पलबीऊ छर्नेको बिहानैदेखि भिड लाग्ने गरेको छ । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक भित्राउने लक्ष्यसहित मेला आयोजना गरिएको गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेले जानकारी दिनुभयो ।
गाउँपालिका भित्र निकै पर्यटकीय सम्भावना बोकेका स्थान भए पनि प्रचार प्रसारको कमी भएकाले थप प्रचार प्रसार गर्ने उदेश्य रहेको गाउँपालिकाका उपाध्यक्ष प्रविना राईले जानकारी दिनुभयो। मेला ब्यावस्थापन समितिका संयोजक मदन भण्डारीका अनुसार मेला अवधिभर रमाईलो मिनी मेला सञ्चालन गरिने छ ।
मेलाकै अवसरमा विभिन्न जातजातीका झाकी प्रर्दशन, सांस्कृतिक भेषभूषाको प्रर्दशन गरिने छ । माईजोगमाई गाउँपालिकाको थुम्के डाँडाबाट सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । यस्तै उत्तरे पोखरी, मलु पोखरी, साततले झरना, शिवालय धाम, साङछयोलिङ बौद्ध गुम्का, महादेव थान मन्दिर, देवि मन्दिर लगायत पर्यटकका लागि आकर्षणका केन्द्र रहेको गाउँपालिका अध्यक्ष थेवेले बताउनुभयो ।
यस्तै उक्त क्षेत्र पुगेका पर्यटकले चोयाटार पुगेर रेडपाण्डाको अवलोकन गर्न सक्ने छन् । विगतका बर्षहरुमा जौबारीको कृषि अनुसन्धान केन्द्र लगायतका स्थान पर्यटकका लागि अवलोकन गर्ने गन्तब्य रहेको र सूर्योदय नगरपालिकाको फिक्कल र इलाम बजारबाट सहजै पुग्न सकिने नयाँबजारमा लाग्ने उक्त मेलामा नेपाल तथा भारतका ब्यपारीहरुको भीड लाग्ने गरेको मेला ब्यवस्थापन समितिका सचिव महेश सापकोटाले बताउनुभयो ।
अलैँची आलु जस्ता कृषि उत्पादनमा अब्बल रहेको गाउँपालिकामा धान झुल्नेदेखि गुरास फुल्ने क्षेत्र समेत रहेका छन् । २०११ सालमा बालागुरुले बजार बसाएपछि बर्षेनी बालाचर्तुदशीका दिन मेला लाग्दै आएको छ ।

पूर्वाञ्चलबाट साभार
0 comments:
Post a Comment