झापामा फलामे रड प्रहार गरी एकजनाको हत्या, आराेपी राजवंशी पक्राउ


झापामा फलामे रड प्रहार गरी एकजनाको हत्या गरिएको छ ।
रड प्रहारबाट बाह्रदशी गाउँपालिका- ५ निवासी ४५ वर्षीय गंगालाल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते माझीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

शनिबार राति आपसी विवादकाे क्रममा बाह्रदशी-५ कै मानपुर राजवंशीले माझीलाई रड प्रहार गरेका थिए । हत्या आराेपमा राजवंशीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment