कन्काई माई नदीको कुम्भ मेला: धार्मिक, सांस्कृतिक र सामाजिक सद्भावको प्रतीक


झापाको कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको बीचमा बग्ने कन्काई माई नदीमा लाग्ने मेला धार्मिक र सांस्कृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यस मेलालाई कुम्भ मेला पनि भनिन्छ।
विशेष गरी माघे संक्रान्तिको दिन यहाँ ठूलो संख्यामा श्रद्धालुहरू भेला हुन्छन्। भक्तजनहरूले पवित्र नदीमा स्नान गरेर आत्मशुद्धि गर्ने, पूजाआजा गर्ने, र दान-पुण्य गर्ने परम्परा छ। यो मेला कुम्भ मेलाको सानो रूपझैं देखिन्छ, जहाँ विभिन्न क्षेत्रका मानिसहरू धार्मिक आस्था बोकेर आउँछन्।
मेलामा धार्मिक अनुष्ठानसँगै स्थानीय संस्कृति, व्यापार, र मनोरञ्जनका गतिविधिहरू पनि सम्पन्न हुने गर्छन्। यसले धार्मिक सद्भाव र सामाजिक एकतालाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment