फेन्सोङ गुम्बा र फिक्कल खलंगा

  • जीवन शर्मा

सुर्योदय नगरपालिका आफैमा ऐतिहासिकता बोकेको नगरपालिका हो । इतिहासमा लेप्चाहरुको राज्य अन्तर्गत रहेको हालको सुर्योदय नगरपालिकाको वार्ड न ३, ४, ५, ७, ८, ९, १०, १२ मा लेप्चा समुदायको बसोबास रहेको छ । आफ्नै भाषा संस्कृति भेष भुषा रहेको यी जातीको पुर्वमा सिक्किम कालेबुङ दार्जीलिङ र यता पश्चिममा चमैता पुर्वको भुभाग राज्य रहेको बताइन्छ । तर इतिहासमा राज्य संचालक रहेको लेप्चा समुदायलाई नेपालको संविधानमा लोपोन्मुख जातीको रुपमा सुचिकृत गरिएको छ । यस बारेमा त धेरै पुस्तकहरुमा प्रकासित पनि छ । आज इतिहास्देखि वर्तमानसम्म मानिदै आएको करीब २०० वर्ष पुरानो लेप्चा समुदायले फिक्कल खलंगामा स्थापना गरेको फेन्सोङ गुम्बाको बारेमा चर्चा गरौ । त्यसो त फिक्कल खलंगामा स्थापना गरिएको फेन्सोङ गुम्बासङ्गै स्थापना गरिएको गजेनी गुम्बा पनि रहेको छ । हाल कजेनीमा रहेको  गुम्बालाई संग्रहालयको रुपमा राखिएको छ । उत्तरतिरको मेघ्मा गुम्बा र फेन्सोङ गुम्बा समकालीन मानिन्छन । त्यस अर्थमा हेर्दा मेघ्मा गुम्बा पनि लेप्चा राजाहरुले नै स्थापना गरेको हो भन्ने धेरै आधारहरु छन । 
फेन्सोङ गुम्बाका बारेमा मैले २०५८ सालमा अध्ययन गर्दा ९जतिबेला म पावनभुमि साप्ताहिकमा कार्यरत थिए०  फिक्कल बजार मुनि डिल्ली सुबेदी सरको घर छेउमा एकजना लेप्चा बुवा हुनुहुन्थ्यो । हाल उहा हुनुहुन्न । उहाले मलाई दिनुभएको जानकारी अनुसार फेन्सोङ गुम्बा २०० वर्ष भन्दा पुरानो हो । त्यससङ्गै रहेको एउटा माने चाहि त्यो गुम्बा निर्माण गर्नुहुने काजीको हो । जुन माने अहिले पनि छ र आधा भत्किएको छ । त्यसभन्दा अगाडि लेप्चा समुदायको दाहसंस्कार गर्ने ठाउ हामीले भन्दै आएको ६ मानेमा रहेको थियो । त्यहा अझै पनि ६ वटा माने बाटोको छेउमा छदैछन । पछि गुम्बा पनि बनियो र सङ्गै घाट पनि बनियो । उहाका अनुसार त्यो बेला फेन्सोङ गुम्बाको नाममा ५०० रोपनी भन्दा बढी जमिन थियो रे । हाम्रो नगरपालिकाको भवन भएको ठाउँदेखि उता ताडीको बोटसम्म र पश्चिमतिर चाहि धेरै  तलसम्म थियो रे । पछि क्रमिक रूपमा गुम्बाको जमिन घटेर गएको उहा बताउनु हुन्थ्यो । उहाका अनुसार फेन्सोङ गुम्बा मेघ्मा गुम्बा कालेबुङको दुर्बिन गुम्बा ९हाल पर्यटनमा परिवर्तन० र सिक्किमको गेजिङ गुम्बा को परस्परमा  अन्तरसम्बन्ध थियो रे ।  मेघ्माबाट हेर्दा फिक्कल खलंगाको फेन्सोङ गुम्बा देखिन्थ्यो रे । यता फिक्कलको फेन्सोङ गुम्बाबाट  हेर्दा कालेबुङको दुर्बिन गुम्बा देखिन्थ्यो रे र कालेबुङको दुर्बिन गुम्बाबाट हेर्दा सिक्किमको गेजिङ गुम्बा देखिन्थ्यो रे । उहाले भन्नुहुन्थ्यो यी चारै गुम्बामा हस्तलिखित बुम ९दोमाङ० रहेका छन । त्यसमा पनि मेघ्मा गुम्बा र गेजिङ गुम्बामा स्वर्ण अक्षरमा लेखिएका बुम हुनुपर्छ भन्नुहुन्थ्यो । अरुको त याद भएन तर फिक्कल्स्थित फेन्सोङ गुम्बाको बुम चाहि हस्तलिखित नै रहेको छ जसलाई आज हेर्दा पनि देखिन्छ  । रम्फोकमा रहेको गुम्बा पनि तत्कालीन लेप्चा काजीहरुले नै स्थापना गरेका हुन । फिक्कल गुम्बामा आइ पुजा गर्न टाढा भएको हुदा रम्फोकमा नै गुम्बा स्थापना गरी रम्फोक पान्दाम रुङसुङतिरका लेप्चाहरुलाई सहज हुने गरी  बनाइएको उहा बताउनु हुन्थ्यो । यता सुर्योदय नगरपालिका वार्ड न ३ जीलका अति बलवान बाघसिङ लोलाई तत्कालीन लेप्चा काजीले मेघ्मा पारीका बलवान ९जसले त्यहाका जनतालाई दुख दिइरहन्थे ० लाई परास्त गर्न पठाइएको र उनले परास्त गरी ९ डाडा कटाइ आएको र आउदा बहुमुल्य थाल ९झर्को० उपचार पाएको बताइन्छ । उक्त थालमा सुनको पनि केहि भाग रहेको बताइन्छ । हाल त्यो थाल कहा छ त्यो त थाहा छैन । तर इतिहासमा एउटा अमुल उओअहार हाम्रो क्षेत्रमा आएको थियो । तिनै लोका सन्तानहरु जीलगाउमा अझै बसोबास रहेको छ । 
फेन्सोङ गुम्बा लेप्चा राजाहरुले स्थापनाको शक्तिपिठ जत्तिकै महत्वपूर्ण रहेको मानिन्छ । त्यो बेलाको समयमा धर्मकर्ममा बढी नै विश्वास गरिन्थ्यो । त्यसो हुदा त्यो बेला  आफ्नो राज्यका जनताको सुख शान्ति र राज्यको सुरक्षाको लागि ठुला ठुला पुजाहरु लगाइन्थे । चारवटै गुम्बाका बरिस्ठ लामा गुरुहरु भेला भएर हप्तौं पाठ पुजा गर्थे रे । तर आज फेन्सोङ गुम्बाको जमिन पनि खिइएर १०र१५ रोपनीमा सिमित भएको छ । मेची राजमार्गले पनि गुम्बाको धेरै जमिन काटेको छ भने हालै सुर्योदय नगरपालिकाले बैकल्पिक बाटो भन्दै गुम्बाको जमिन काटेको छ । बाटोको आवश्यकता भए पनि स्काइभेटर लगाएर नखनिदिएको भए हुने थियो । बरु मान्छेलाई खन्न दिएको भए जमिन चर्किने थिएन र पहिरो जाने सम्भावना कम रहन्थ्यो । त्यहा निक्कै विवाद पनि आयो । पछि सहमतिमा पुगेको हो ।
फिक्कल खलंगा आइतबारेको करफोक खलंगा भन्दा पुरानो मानिन्छ । यस खलंगाबाट सबैतिर देखिने हुदा लेप्चा राजाहरुले यहि ठाउँमा आफ्नो विश्वस्त सैनिक क्याम राख्ने गर्थे । हरेक राज्यले एउटा एउटा विश्वस्त सैनिक क्याम्प राख्ने गरेका हुन्छन । जसको काम राज्यको सुरक्षा गर्नु हुन्छ । त्यसो त फिक्कल खलंगामा पुर्वको एउटा ठुलै राज्यको निकाय रहने गरेको र उसैको सुरक्षाको लागी फिक्कल खलंगामा ब्यारेक राखिएको बताइन्छ । कतिपय इतिहासबिदहरुको राय चाहि करफोक गौडाको सुरक्षाको लागि फिक्कल खलंगामा सेनाको क्याम्प राखिएको बताउनु हुन्छ ।वास्तविक जे भए पनि पुर्वको सुरक्षाको जिम्मेवारी फिक्कल खलंगा कै सैनिक अड्डाको सेना कै जिम्मामा रहेको नकार्न सकिदैन । 
फिक्कल खलंगा र फेन्सोङ गुम्बाको इतिहास जस्तो भए पनि हाल दुवै जिर्ण अवस्थामा रहेका छन । पुरानो फेन्सोङ गुम्बाको भवन पुर्णरूपमा क्षतिग्रस्त छ । पटक पटकका भुकम्प सहेको उक्त भवन हाल लड्ने अवस्थामा छ । यसलाई चारैतिरबाट फलामको खम्बाले अड्याइएको छ । र भर्खरै मात्र सङ्गै अर्को गुम्बाको भवन निर्माण भएको छ । तर पेगोडा वा शिखर शैलीमा स्थापना गरिनु पर्ने गुम्बा सामान्य भवन जस्तो छ । खलंगाको ऐतिहासिकतालाई पुरै नामेट गरिएको छ । जतासुकै बाटो कोरिदिएर ऐतिहासिकता मार्ने काम भएको देखिन्छ । इतिहासको पवित्र बौद्धधाम अहिले आएर जिमखाना र लव डाडामा परिणत हुने खतरामा छ । ध्यान केन्द्रहरु स्थापना गर्नु र साना साना बौद्ध स्तुपाहरु बनाएर इतिहासको संरक्षण गर्नुपर्ने हो । जिमखाना र लव पार्क बनाउने अन्त ठाउ छ तर यसैलाई किन प्रयोग गरियो । कि त लेप्चाहरु अल्पसंख्यक भएकै कारण बिरोध नहुने भएर हो कि ? 
फिक्कल खलंगामा बौद्ध पवित्र धाम बनिन नगरपालिकाको एक पैसा पनि लाग्दैन तर केहि काम गरिदिनुपर्छ । काठमाडौको स्वयम्भु राज्यको भन्दा व्यक्तिको खर्चले बनिएको हो । यसलाई सबैले स्वीकार गरेकै हो । त्यहि गएर हेर्दा पनि प्रष्ट हुन्छ ।  यहा पनि बौद्ध धर्मावलम्बीलाई  आफ्ना पितृको नाममा माने बनाउने र खोर्ला राख्ने हो भने राख्न सक्नुहुन्छ  भनेर नगरपालिकाले यति भनिदिने हो भने एक वर्षको अन्तरालमा फिक्कल खलंगामा पुर्वको स्वयम्भु बनिने छ । तर त्यता ध्यान गएको देखिदैन । हाम्रा वार्ड न १० का अध्यक्ष पेमा उर्गेन लामा ज्युले पनि यसप्रति गम्भीर हुनुपर्छ । नत्र पछि उहालाई पछिल्लो पुस्ताले धिक्कार्ने छ । 
वल्लो डाडा कृष्ण मन्दिर पल्लो पवित्र बौद्धधाम अनि ६ माने माथिको डाडामा साकेला थान र माङखिम बनाउनु र बालकुमार फागो दाईको घर छेउमा चुम्लुङ बनाउनु हो भने सबैले एकै पटक सबै धर्मको आशिर्वाद पाउने थिए । तर खोइ सोच रु भएको ऐतिहासिक स्थान त खनेर र कोरेर सकि सकिएको छ ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment