- गोबिन्द पौडेल
लामो समयदेखी चर्चा गरिने गरेको निर्माणाधिन सिद्धीहाईड्रो पावरको, हालसम्म सत्तरी प्रतिसत काम पुरा भईसकेको छ भने आगामी बैशाख सम्ममा राष्टि«य प्रसारणमा जोडिने भएको छ ।
इलामको सुर्योदय र रोङ गाउपालिका बिचवाट बग्ने खोलामा बिद्युत बिकास बोर्डले २०६९ पुस २४ मा उर्जा मन्त्रालयले वातावरणिय परिक्षण स्वीकृत गरि सैदान्तिक सृवीकृति दिएको थियो ।३५ बर्ष बहाल रहनेगरिअनुमति जारी गरेपछि सिद्ध हाईड्रो कम्पनिले २०८१कार्तिक २६ गते थप अध्ययनको लागि बिद्युत बिकास बिभागबाट सहमती सैद्धान्तिक सहमति प्राप्त गरे गरेको हो । यसको निर्माणाधिन हेडबक्स रोङ ६ र सुनपा ५ को गोरखखोलाको १ हजार पाचसय मिटर माथि रहेर बिद्धुत गृह १ किमि तल रहेको छ ।
१ अवर ८४ करोड ६४लाखको लगानिमा निर्माण सम्पन्न गरि त्यसवाट उत्पादित बिद्धुत १६ किमि टाढा झापाईलामको सुनमाईमा सवस्टेसन निर्माण गरि राष्टिय प्रसारणमा जोडिने योजनाअनुसार तिब्र गतिमा भईरहेको निर्माणको सत्तरी प्रतिसत काम सकिएको सिद्धिहाईड्रो कम्पनी लिमिटेडको सचालक सन्तोष राज नेपालले बताए ।
आफ्नै गाउपालिकामा भईरहेको बिद्युतको अवस्था स्थानिय बासिहरुको समस्या र वस्तुस्थितिको वारेमा रोङ गाउपालिकाले स्थलगत अवलेकन सर्वपक्षिय अन्त्रक्रिया समेत गरेको थियो ।रोङ गाउपालिकाको अध्यक्ष मनिकुमार स्याङ्वो,उपाध्यक्ष बिष्णुमाया खवास ,वडा न ६ का अध्यक्ष सत्यम राई चौरासे,बिभिन्न सघ सस्था,समाजसेवी ,बुद्धिजिवि स्थानिय वासीहरुसमेतको उपस्थितिमा निर्माणाधिन हाईड्रो पावरले स्थानिय वासीहरु र वातावरणमा पारेको प्रभाव न्युनिकरण गरेर पालिकालाई लगानी मैत्रि साथै न्युन क्षतिमा अधिक उपलब्धिमा लाग्न सबैले सुझाव दिएका थिए ।
0 comments:
Post a Comment