२०८१ पौष २४ गते , बुधबार
काँकडभिट्टा । बिस्कुटको प्याकेटभित्र ब्राउन सुगर लुकाएर ल्याउँदै गर्दा दुई युवायुवती मेची पुलमा पक्राउ परेका छन् । गए राति ८ः३० बजे काँकडभिट्टास्थित पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा काँकडभिट्टातर्फ आउँदै गरेका पाँचथर मिक्लाजुङ गाउँपालिका- ४ रवि बस्ने ३१ वर्षीय दिलप्रसाद राई र सोही पालिका- ५ स्थायी ठेगाना भई हाल दमक- २ हिमालय टोलमा डेरा गरी बस्ने २९ वर्षीया स्मारिका नेम्बाङ ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
उनीहरूले झोलामा पतञ्जलि दूध लेखिएको बिस्कुटको प्याकेटभित्र लुकाएर ब्राउन सुगर ल्याएका थिए । प्लास्टिकबाहेक ४ ग्राम ब्राउन सुगरसहित दुवैलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

0 comments:
Post a Comment