रोङ २० माघः रोङ ६ स्थित सरस्वती माध्यामिक विद्यालयमा सरस्वतीको मन्दिर स्थापना गरि एको छ ।
विद्यालयले २०८१ सालको दीपावलि पर्वमा सचालन गरेको देउसी दानबाट सकलित १ लाख सत्र सय र दाताहरुको सहयोग करिव ३ लाख नगद र ५३ हजार वराबरको जिन्सी सहयोग जुटेकोमा करिव पाच लाख पचास हजारको लागतमा मन्दिर निर्माण कार्य सकेर हिजो माघ १७ र १८ गते वैदिक बिधिअनुसार सरस्वती माताको मुर्ति स्थापना गरि प्राण प्रतिस्ठा गरिएको छ ।
२०८१ मसिर ६ गते रोङ गाउपालिकाका उपाध्यक्ष बिष्णुमाया खवास द्वारा शिलन्यास गरिएको मन्दिरको लागि लाग साझेदारीमा रोङ गाउपालिकाले ६० हजार सहयोग गर्ने भएको छ भने मन्दिरको उद्घाघाटनआगामी माघ २१ गते सरस्वती पुजाकै दिन गरिने विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष प्रेम साङपाङले बताए ।
0 comments:
Post a Comment