२०८१ फाल्गुन ७ गते , बुधबार
झापा । भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयले निकालेकामध्ये १६ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । उनीहरू आज बिहानको राती १ बजे झापाको काँकडभिट्टा नाकाबाट स्वदेश फर्किएका हुन् । केआइआइटी होस्टेलमा बुटवलकी छात्रा प्रकृति लम्सालको आत्महत्यापछि उत्पन्न परिस्थिति असहज बनेपछि उनीहरू स्वदेश फर्किएको बताइएको छ । घर फर्किनेहरू सप्तरी राजविराज–२ तित्रीगाछीका २० वर्षीया आरती रोही, सोही ठाउँका २१ वर्षीया सालिमी दास, २० वर्षीय रिसक सिंह, २० वर्षीय आयुष राज, २० वर्षीय प्रजित यादव, २१ वर्षीय कृष दास, २० वर्षीय राकेश साह, २० वर्षीय नवीन मण्डल रहेका छन् ।

त्यस्तै सुनसरी इनरुवा –१ का २१ वर्षीय ओमप्रसाद पोद्धार, मोरङ विराटनगर–१२ का २१ वर्षीय आदित्य मिश्र, कास्की पोखराका २० वर्षीय सुलभ पौडेल, सोही ठाउँका २० वर्षीय आयुष अधिकारी, काठमाडौँ–१० पुरानो बानेश्वरका २१ वर्षीय समिम पौडेल, ललितपुर महालक्ष्मी–४ हात्तीबनका २० वर्षीय आकाश शाह, काठमाडौँ–१३ ताहाचलका २० वर्षीय पीयूष शाह र काठमाडौँ गोकर्णेश्वर– ७ का २० वर्षीय बिकेश श्रेष्ठ रहेका छन् । काँकडभिट्टाबाट नेपाल प्रवेशका गरेका उनीहरू आआफ्नो गन्तव्यतर्फ लागि सकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
0 comments:
Post a Comment