लक्ष्मी सनराइज बैंकइलामदेवारा भानुदय आधारभूत विद्यालयका प्रतिभाशाली विद्यार्थीलाई छात्रवृत्ति


इलाम, ६ फाल्गुनः लक्ष्मी सनराइज बैंक लिमिटेड, इलाम शाखाले सन्दकपुर ५ स्थित भानुदय आधारभूत विद्यालयका दुई प्रतिभाशाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। कक्षा ४ की आरोही गुरुङ र कक्षा ५ की दिपिका तामाङलाई यस पटकको छात्रवृत्ति प्रदान गरिएको हो।  
कार्यक्रममा विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक प्रगतिमा अगाडि बढ्न प्रोत्साहन दिंदै छात्रवृत्ति रूपमा दुवै जनालाई सातहजारका दरले आर्थिक सहयोग गरेको छ। यस कार्यक्रमको माध्यमबाट बैंकले समाजमा शिक्षाको महत्वलाई बढावा दिने र प्रतिभाशाली तर आर्थिक अभावग्रस्त विद्यार्थीहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्य राखेको छ।  


लक्ष्मी सनराइज बैंकले कोशी प्रदेशभरिका आफ्ना सबै शाखाहरूमा यस्ता कार्यक्रमहरू  एकै साथ सञ्चालन गरेको छ। बैंकले शिक्षा क्षेत्रमा योगदान पुर्याउन र समुदायको विकासमा सहभागी हुन यस्ता पहलहरू गर्ने बताएको छ।  
भानुदय आधारभूत विद्यालयका प्रधानाध्यापक  अर्जुन त्रिखत्रीले बैंकलाई यस्तो उत्कृष्ट पहलको लागि धन्यवाद जनाउँदै यसले विद्यार्थीहरूको शिक्षामा ठूलो भूमिका खेल्ने बताए। उनले छात्रवृत्ति पाउने विद्यार्थीहरूलाई यो अवसरलाई सदुपयोग गर्न र अझ उच्च शिक्षा प्राप्त गर्न प्रोत्साहन दिए।  
छात्रवृत्ति पाउने विद्यार्थी आरोही गुरुङ र दिपिका तामाङले आफ्नो उज्ज्वल भविष्य निर्माण गर्ने प्रतिबद्धता जाहेर गर्दै बैंक र विद्यालयप्रति आभार व्यक्त गरे।  
लक्ष्मी सनराइज बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू भविष्यमा पनि जारी राख्ने बताएको छ।  

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment