२०८१ फाल्गुन १४ गते , बुधबार
जिल्ला प्रहरी कार्यालय झापा एकजना सईले झुन्डिएर आत्महत्या गरेको १० दिन नबित्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टामा अर्का प्रहरी कर्मचारीले आत्महत्या गरेका छन् ।
आज दिउँसो सवा २ बजेतिर इलाका प्रहरी कार्यालय काँकडभिट्टाको एकतले ब्यारेक भवनमा प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय निरबहादुर विकले झुन्डिएर आत्महत्या गरेका हुन् । ओखलढुंगा सुनकोसी गाउँपालिका १० निवासी विकले ब्यारेक भवनको ढोका लगाई पङ्खामा तन्नाको पासो लागेर आत्महत्या गरेका हुन् ।
उनले आत्महत्या गर्नुपर्ने कारण खुलिसकेको छैन । घटनाबारे आफन्तलाई जानकारी गराइसकिएको र मृतकको शव पोस्टमार्टमको लागि लैजान आवश्यक कानुनी प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।
यसअघि फागुन ४ गते प्रहरी नायव निरीक्षक धनराज खतिवडाले जिल्ला प्रहरी कार्यालयको ब्यारेकको छतमाथि झुन्डिएर आत्महत्या गरेका थिए।

0 comments:
Post a Comment