बिर्तामोडमा कुटाकुट, तीन जना पक्राउ

२०८१ फाल्गुन १० गते , शनिबार


पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापाको बिर्तामोडस्थित अदुवा पुलमा एक युवकमाथि केहिवेर अघि निर्घात कुटपिट भएको छ । रक्ताम्मे हुने गरी कुटपिट गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मापसे गरेका युवाहरुबीच झगडा भएको हुन सक्ने बिर्तामोडका डिएसपी प्रकाश विष्टले जानकारी दिए । उनीहरू साथी–साथी हुन् जस्तो छ, इलाका ल्याएका छौँ, सोधपुछ गर्दैछौं । प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।
कुटपिटमा संलग्नहरू प्रहरी देख्नासाथ भागेका थिए । उनीहरूलाई नियन्त्रणमा लिइएको छ, सोधपुछ गरेर प्रक्रिया अघि बढाइनेछ, डिएसपी विष्टले भने ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment