२०८१ चैत्र १७ गते , आईतबार
इलामको रोङमा विद्युत् सर्ट भई आगलागी हुँदा लाखौँको क्षति भएको छ । गएराति १०ः४० बजे रोङ गाउँपालिका– ३ चिण्डेपानी बस्ने तिलबहादुर भुजेलको टिनको छानो, काठ–टिनको बेरा भएको एक तले घरमा विद्युत् सर्ट भई अचानक आगलागी भएको हो ।
किराना पसल रहेको घरमा भएको आगलागीबाट घर जलेर पूर्णरुपमा नष्ट हुनुका साथै पसलमा रहेका किराना सामानहरू, अन्नपात,१ थान चेन सो मेशिन,१ थान ग्रयान्डर मेशिन , तिलबहादुर भुजेलको नागरिकता, मोटरसाइकलको ब्लुबुक, लाइसेन्स,पसलमा रहेको नगद अन्दाजी ६ हजार तथा अन्य कागजपत्र जलेको पीडितले बताएका छन् ।
उक्त आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको इलाम प्रहरीले जनाएको छ । प्रहरी चौकी हर्कटेको प्रहरी टोली र स्थानीयको सहयोगमा राति ११ः३५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

0 comments:
Post a Comment