नवप्रर्वतनिय कार्यक्रम अन्तर्गत Tea With Team तथा जन्म दिनको शुभ-कामना कार्यक्रम शुरुवात


प्रत्येक महिनाको अन्तिम शुक्रबार नियमित रुपमा गर्ने गरी जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत प्रहरी कार्यालयहरुले प्रहरी कर्मचारीहरुसँग  "Tea With Team" कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कर्मचारी उत्प्रेरणा अभिवृद्धि कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोईरालाले सहकर्मीहरुसँग चिया/बिस्कुट कार्यक्रम आयोजना गर्नु भएको हो । सोही अवसरमा उहाँले फागुन महिनाभर जन्म दिन परेका प्रहरी कर्मचारीहरुको  सामुहिक रुपपमा केक काटि जन्म दिनको उपलक्ष्यमा शुभकामना समेत दिनु भएको छ । 

कार्यक्रममा विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल, कौशलताका साथ त्रुटिरहित तवरबाट सम्पादन गर्नुका साथै लगनशिल तथा कर्तव्यनिष्ठ तवरले पालना गरी उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी जवान मानसिंह बि.क. लाई २०८१ माघ महिनाको उत्कृष्ट प्रहरी "POLICE OF THE MONTH" भई कदर स्वरुप प्रमाणपत्र द्वारा सम्मान गर्नु भई प्रहरी उपरीक्षक एक नारायण कोईरालाले बधाई सहित सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन  गर्नु भयो ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment