इलाममा आत्माहत्या न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षण


इलाम, १७ फागुनः  जिल्ला अस्पताल इलामको सभा हलमा आत्माहत्या न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी १ दिने प्रशिक्षण तालिम सम्पन्न भएको छ ।
 जिल्ला प्रहरी कार्यालय इलाम र जिल्ला अस्पताल इलामको सयुक्त आयोजनामा संचालन भएको कार्यक्रममा जिल्ला अस्पताल इलामका प्रमुख डा.प्रभु शाहको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोईरालाको प्रमुख आतिथ्यमा  भएको कार्यक्रममा  प्रहरी नायव उपरीक्षक मान बहादुर राई, जिल्ला अस्पताल इलामका डा. पवन मोक्तान प्रशिक्षक रहेका थिए ।


अस्पतालका ब्यवस्थापक छितिज खतिवडा,  अस्पतालका ईमरजेन्सि ईन्चार्ज टिका लुईटेल तथा पत्रकार महासंघ इलामका सचिव टिका खतिवडाको उपस्थिति र जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत प्रहरी युनिटहरुबाट प्रशिक्षणको रुपमा आउनु भएका प्रहरी कर्मचारीहरुको सहभागी रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोईरालाले कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो भने जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत प्रहरी युनिटहरुबाट प्रशिक्षणको रुपमा आउनु भएका प्रहरी कर्मचारीहरुलाई आत्माहत्या न्यूनिकरण तथा व्यवस्थापनको बिषयमा डा.पवन मोक्तानले प्रशिक्षण दिनु भएको थियो । 


त्यसै गरी कार्यक्रमको अन्त्यमा सहभागीहरुलाई प्रमाण बितरण सँगै जिल्ला अस्पताल इलामका प्रमुख डा.प्रभु शाहले आफ्ना भनाई सहित कार्यक्रमलाई समापन गर्नु भयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment