झापामा एक महिलाको हत्या, एक पुरुष गम्भिर घाइते

११ चैत्र २०८१, मंगलवार


झापा । झापाको कनकाईमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ भने एक पुरुष गम्भिर घाइते भएका छन् ।
आज बिहान कनकाई नगरपालिका–५ नारायणदल चौकमा खुकुरी प्रहारबाट ३९ वर्षीय लालबहादुर सार्कीकी श्रीमती ४० वर्षीया मनिषा मग्रान्तीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनको घाँटीमा चोट देखिएको छ । त्यस्तै श्रीमान लालबहादुर पनि घाइते छन् । उनको पनि घाँटीमा चोट लागेको छ । घाइते लालबहादुरलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडतर्फ पठाइएको छ ।


इलाका प्रहरी कार्यालय सुरुङगाबाट गएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको छ । लालबहादुरको परिवार केही महिनाअघि मात्र त्यहाँ आएको थियो । ताप्लेजुङ सिलाम घर भई कनकाई ५ नारायणदल चौक बस्ने योगेन्द्र बस्यालको घरमा दुई–तीन महिना अगाडीदेखि उनीहरु डेरा गरी बसेका थिए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment