झापा, बैशाख १३ – आज बिहान करिब ५:३० बजे झापाको शिवसताक्षी नगरपालिका–९, दुधे मिलन चौकस्थित पूर्व–पश्चिम राजमार्गमा काठमाडौँबाट काकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२३५ नम्बरको नाइट बस अनियन्त्रित भई पल्टिँदा २१ जना यात्रु घाइते भएका छन्।
बसका चालक ३८ वर्षीय महेन्द्र कन्दङवा इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा छन्। प्रारम्भिक अनुसन्धान अनुसार चालकको सवारी अनुमति पत्र वैध रहेको र मादक पदार्थ सेवन नगरेको पुष्टि भएको छ।
घाइतेमध्ये केहीलाई बिर्तामोडस्थित B&C अस्पताल तथा केहीलाई बिर्तासिटी अस्पतालमा उपचारका लागि पठाइएको छ। सबै घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त भएको ५:३५ बजेपछि प्रहरी टोली ५:३७ बजे घटनास्थलतर्फ परिचालन गरिएको थियो। प्रहरी निरीक्षक सरोज थापाको कमाण्डमा ७ जनाको टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार, दुर्घटना भएको बस घटनास्थलमै रहेको छ र उठाउने कार्य भइरहेको छ। हाल एकतर्फी रुपमा यातायात सञ्चालनमा रहेको जनाइएको छ।
घाइतेहरूको विवरण (B&C अस्पताल):
१. टेक चन्द्र फुयाल (५५), झापा – सामान्य
२. शान्ति प्रसाद उप्रेती (५२), दोलखा – सामान्य
३. गोपाल खतिवडा (४६), इलाम – सामान्य
४. सिकेन्द्र ढकाल (५२), झापा – टाउकोमा चोट
५. लोकनाथ ढकाल (४०), झापा – टाउकोमा चोट
६. सिताराम अधिकारी (४५), पाँचथर – टाउकोमा चोट
७. पूर्णनाथ योगी (३६), कालिकोट – टाउकोमा चोट
८. श्याम तामाङ (२०), झापा – टाउकोमा चोट
९. अनिल बिक (३९), झापा – हातखुट्टामा चोट
बिर्तासिटी अस्पतालमा उपचार गराइरहेका:
१. भोला पन्थी (३७), झापा – सामान्य
२. सन्तोष आचार्य (३५), इलाम – सामान्य
३. शान्तिमाया राई (४३), झापा – सामान्य
४. ईश्वरप्रसाद भण्डारी (४६), झापा – सामान्य
५. सृजना प्रासाई (३२) – सामान्य
६. सिता मगर (५२) – सामान्य
७. सिताराम रिमाल (५०) – सामान्य
८. मिन बहादुर पौडेल (५५) – सामान्य
९. दीपक सुब्बा (२८), पाँचथर – सामान्य
१०. पदमप्रसाद पौडेल (४२), झापा – सामान्य
११. राजन चिमरिया (२४), कनकाई – सामान्य
१२. विक्रम कुमार दास (२५), रौतहट – सामान्य
दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0 comments:
Post a Comment