इलामको साङरुम्बामा ससुराद्वारा ज्वाईलाई बञ्चरो प्राहार


इलामः इलाम नगरपालिका  १२ साङरुम्बामा बृद्ध ससुराले ज्वाईंलाई बन्चरो प्रहार गरेर गम्भिर घाईते बनाएका छन् । साबिक साङरुम्बा  ४ नेम्बाङगाउँमा उक्त घटना भएको हो । 

८२ वर्षिय शिकारी उपनामले चिनिने अम्बिरबहादुर नेम्बाङले आज बिहान घाँस काटेर आएर घरमा ढल्की रहेको बेला आफ्नै ज्वाई  कृष्ण जवेगुलाई बन्चरो प्रहार गरेका हुन् । घाईतेको अवस्था गम्भीर रहेको स्थानीयले  बताएका छन् । उनलाई उपचारको लागि इलाम अस्पताल ल्याइएको र उपचार सम्भव नभए पछि झपा रेफर गरिएको छ भने घटनाको अनुशन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment