पाँचथरमा शौचालयमा शिशु मृत भेटिएपछि १५ वर्षीया छात्रा पक्राउ, घरधनी समेत नियन्त्रणमा

 जेठ ०१, २०८२ 


पाँचथर ।शौचालयमा जन्माएको शिशु मृत भेटिएपछि पाँचथरको फिदिममा प्रहरीले कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रालाई पक्राउ गरेको छ । आफन्तको घरमा डेरा बसेर एक विद्यालयमा अध्ययन गर्दै आएकी छात्राले मंगलबार राति १ बजे शौचालयमा बच्चा जन्माएकी थिइन् । नवजात शिशु मृत अवस्थामा भेटिएकाले प्रहरी चौकी नाङ्गीनबाट खटेको टोलीले पक्राउ गरेको हो ।

शिशु जन्माएपछि छात्रालाई अत्यधिक रक्तस्राव भएपछि अस्पतालमा उपचारका लागि राखिएको र शिशुलाई पोष्टमार्टमका लागि पाँचथर अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक) रुपेश तामाङले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment